गोरखा–२ माओवादी केन्द्रका उम्मेवार नारायणकाजी श्रेष्ठले फेरि अग्रता लिएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार १८२४ मत ल्याएका छन्। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले १७८९ मत ल्याएका छन्।
यसअघि सुरुआती अग्रता लिएका श्रेष्ठलाई भट्टराईले झिनो मतले पछि पारेका थिए। मतगणना जारी छ।