माओवादीका गुरूङलाई पछि पार्दै लमजुङमा कांग्रेसका घर्तीले लिए अग्रता


पहिलो चरणमा चुनाव भएको लमजुङमा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीले अग्रता लिएका छन्।

उनले सुरुआती अग्रता लिएका माओवादीका देव गुरूङलाई पछि पारेका हुन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३२७७ मत गन्दा घर्तीले १५७३ मत पाएका छन् भने गुरुङले १४१० मत पाएका छन्।

मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.