३३ क्षेत्रको प्रारम्भिक नतिजामा वाम गठबन्धन २५, कांग्रेस ५ मा अगाडि


पहिलो चरणमा चुनाव भएका ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये ३३ मा मतगणना जारी छ।

हामीलाई प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि धेरै ठाउँमा एमाले उम्मेदवार अगाडि छन्। एमाले उम्मेदवार १५ स्थानमा अग्रता लिइहेका छन् भने माओवादी उम्मेदवार १० ठाउँमा अगाडि छन्।

कांग्रेस उम्मेदवारहरु संखुवासभा, रसुवा,  बझाङ, नुवाकोट १ र धादिङ २ मा अगाडि छन्। गोरखा २ मा कांग्रेस समर्थित नयाँशक्तिका बाबुराम भट्टराई र सिन्धपाल्चोक २ मा राप्रपाका पशुपतिशमशेर राणा अगाडि छन्।
हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.