तुलसीपुरमा प्रहरीको हवाइ फायर, एमालेका २ कार्यकर्ता पक्राउ

तुलसीपुरमा प्रहरीको हवाइ फायर, एमालेका २ कार्यकर्ता पक्राउ


तुलसीपुरमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्रमा जबर्जस्ती दुईजना युवाहरू प्रवेश गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहका अनुसार पक्राउ पर्ने लिला बिक र घनश्याम नेपाली एमालेका कार्यकर्ता हुन्।

‘जबर्जस्ती मतपेटी शंकल गरिएको अरनीको मैदान भित्र प्रवेश गर्न खोजेको र ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको हुँदा चेतावनी दिन हवाई फायर गरेको एसपी सिंहले बताइन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी सुधिरराज शाहीले प्रहरीलाई धक्याएर हातपात गरेपछि चेतावनी स्वरुप हवाई फायर गर्नु परेको बताए।

‘शंकास्पद व्यक्तिले जवरजस्ती मतपेटी संकलन गरेको अरनिको मैदानमा प्रवेश गर्न थालेपछि चेनावनी स्वरूप मैले नै दुई पटक हवाई फायर गरेको हो,’ डिएसपी शाहीले भने ‘उनीहरुको व्यवहार शंकास्पद र उदण्ड देखेपछि फायर खोल्नु परेको हो ।’

तुलसीपुर उपमहानगपालिकाका १९ वडाका मतपेटिका सबै अरनिको मैदानमा संकलन गरेर एकैसाथ घोराही पुर्याउने भन्दै प्रहरीले त्यहाँ मतपेटिका संकलन गरिएको छ। पक्राउ गरिएका व्यक्तिहरुका बारेमा थप अनुसन्धान भइहरेको पनि प्रहरीले जानकारी दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.