रूकुम पूर्वमा वाम गठबन्धनका उम्मेदवार कमला रोका कांग्रेसका हरिशंकर घर्तीभन्दा दोब्बर मतले अघि छन्।
अहिलेसम्म २ हजार ३ सय ६७ मतगणना हुँदा रोकाले १ हजार १ सय १९ मत, नेपाली काग्रेसका उम्मेदवार हरिशंकर घर्तिले ६ सय ७३ मत, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २४९, नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले ६४ र मंगोल नेसनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए।