प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङमा प्रारम्भीक मत परिणाममा योगेश भट्टराई दोब्बर मतले अगाडि छन्।
बिहीबार साँझ ७ बजेसम्म २ हजार २४३ मत गणनामा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत पाएका छन्।