पर्सा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। समग्रमा पर्सा जिल्लामा ६५ प्रतिशत भन्दा बढी मतदान भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए।
शहरी क्षेत्रमा कम मतदान भए पनि ग्रामिणक्षेत्रमा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ ।
शहरी क्षेत्रमा ६० देखि ६५ प्रतिशतको हाराहारीमा मत खसेको प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए।