मतदान अधिकृतको हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै अर्घाखाँचीको एक मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका छन्।
जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं. ५ मथुरा माविको ख मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर बिनै मतपत्र दिएपछि बिवाद भएको हो । तोडफोडपछि अहिले उक्त मतदान केन्द्रमा मतदान रोकिएको छ।