प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा उम्मेद्वारी दिएका विभिन्न राजनीतिक दलका यी शीर्ष उम्मेदवारले आफैंलाई नै मतदान गर्न पाएनन्।
मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म छन्। आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उनीहरू आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन्।
मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उनीहरूले आफ्नो मत आफूलाई सुरक्षित गर्न नसकेका हुन्।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ–कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ ।
केपी शर्मा ओलीझापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मत हाल्न पाएनन्। झापाबाट यसैपाली भक्तपुर सारेका ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दैछन्।
माधवकुमार नेपालकाठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाएनन्। उनले रौतहटको गौरबाट मतदान गर्नेछन्। अघिल्लो पटक काठमाडौं र रौतहटबाटै जितेका नेपालले यसपटक काठमाडौंबाट उम्मेद्वारी दिएका छन्।
कृष्णबहादुर महरादाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महराले पनि आफैंलाई मतदान गर्न पाएनन्। उनको रोल्पामा मतदाता नामावली छ। उनी रोल्पाबाटै मतदान गर्ने भएकोले आफैलाई मतदान गर्न पाएनन्।
शंकर पोखरेलदाङ क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्य क बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलले पनि आफूलाई मत हाल्न पाएनन्।
एमाले नेता पोखरलेको क्षेत्र नं. २ को प्रदेशसभा ख को मतदाता नामावलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाएका हुन्।
शशांक कोइरालाकाठमाडौंबाट मतदान गर्ने नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि आफूदलाई मतदान गर्न पाएनन्। प्रदेश नं. ४ अन्तर्गत नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार भएका उनले काठमाडौंको महारजगन्जस्थित भ्याली पब्लिक स्कुलबाट मतदान गरेका छन्।
प्रकाशमान सिंहकाठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका पूर्वउपप्रधानमन्त्री तथा काँग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाएनन्। उनले काठमाडौँ क्षेत्र नं. ७ बाट मतदान गरेका छन्।
कृष्ण सिटौलाझापा प्रतिनिधिसभा क्षेत्र नं. ३ का उम्मेदवार कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मत हाल्न पाएनन्। उनको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं. १ मा परेपछि आफूले आफैंलाई मतदान गर्न नपाएका हुन्।
सुरेन्द्र (राम) कुमार कार्कीवाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पनि आफूलाई मतदान गर्न पाएनन्।
उनको मतदाता नामावली काठमाडौं क्षेत्र नं. १ मा पर्ने भएकाले उनले पनि आफूले आफैंलाई मतदान गर्न नपाएका हुन्।
ज्ञानेन्द्रबहादुर कार्कीअर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं. ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफूले आफैलाई मतदान गर्न पाएनन्। भोजपुरमा मतदाता नामावली भएका कारण कार्कीले आफूलाई मतदान गर्न नपाएका हुन्।
प्रकाशशरण महतकांग्रेसबाट काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले पनि आफूलाई मतदान गर्न पाएनन्। उनी नुवाकोटका भएकाले पनि आफूलाई मतदान गर्न नपाएका हुन्।
आरजु देउव राणाप्रधानमन्त्री पत्नी आरजु देउवाले पनि आफूलाई मतदान गर्न पाइनन्। काँग्रेसबाट कैलाली क्षेत्र नं. ५ की उम्मेदवारसमेत रहेकी डडेलधुरा भएकाले आफूलाई मतदान गर्न नपाएकी हुन्।
दमननाथ ढुंगानाभक्तपुर क्षे नं. २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाएनन्। उनको काठमाडौंबाट मतदाता नामावलीमा नाम भएकाले आफूलाई मतदान गर्न नपाएका हुन्।
हितमान शाक्यकाठमाडौँ निर्वाचन क्षेत्र नं. १० बाट उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता हितमान शाक्यले आफूलाई मतदान गर्न पाएनन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट आफ्नो नाम भएकाले प्रतिनिधिसभाका उम्मेदवार उनले आफूलाई मतदान गर्न पाएनन्।
अनिल शर्माकाठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले पनि आफूलाई मतदान गर्न सकेनन्। पश्चिम रुकुममा मतदाता नामावली रहेकाले उनले मतदान गर्न नपाएका हुन्।
झक्कुप्रसाद सुवेदीकाठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिएका माओवादी नेता झक्कु सुवेदीले पनि आफूलाई मतदान गर्न पाएनन्।
रोल्पामा मतदाता नामावली भएका झक्कुप्रसाद सुवेदी काठमाडौँ क्षेत्र नं. ६ बाट उम्मेदवार छन्।
उपेन्द्र यादवमोरङमा मतदाता नामावली भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मतदान गर्न पाएनन्। यादव सप्तरी २ बाट उम्मेदवार छन्।
राजेन्द्र महतोधनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका राजेन्द्र महतो सर्लाहीका हुन्। उनको मतदाता नामावलीमा सर्लाहीबाटै नाम छ।
रविन्द्र मिश्रललितपुर भैंसीपाटीका मतदाता विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवार छन्। उनले पनि आफूलाई मतदान गर्न पाएनन्।