१२ बजेसम्म ३० प्रतिशत मत खस्यो


प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा १२ बजेसम्म ३० प्रतिशत मत खसेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्म ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो।

आयोग प्रवक्ता नवराज ढकालका अनुसार अहिलेसम्म मतदान उत्साह र शान्तिपुर्ण तरिकाबाट भइरहेको छ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा मतदान भइरहेको छ।

प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान अपेक्षा गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.