रेखा थापाले मतदान गरिन्

तस्बिरः रवि महर्जन/सेतोपाटी


दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।

अभिनेत्री रेखा थापाले मतदान गरेकी छिन्। उनले काठमाडौंको चावहिल केन्द्रमा गएर मतदान गरेकी हुन् । उनी सर्वसाधारणसँगै लाइनमा उभिएर मतदान गरेकी थिईन्।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.