सिके राउत जनकपुरबाट पक्राउ


प्रहरीले सिके राउतलाई बिहीबार पक्राउ गरेको छ।

धनुषाको महादेवा गाउँपालिका –२ को आधारभूत मतदान केन्द्रमा कोही पनि मत हाल्न नआएपछि त्यसमा राउतको भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरको हो। उनलाई जनकपुरकाे डेराबाट पक्राउ गरिएको हो।*

राउतले चुनाव बहिष्कार अभियान चलाएका थिए।

केहीदिन अघि सिरहामा प्रहरीमाथि भएको गोली प्रहारको जिम्मा राउतले लिएका थिए। प्रहरीले अहिलेसम्म राउतका १३ जना कार्यकर्ता पक्राउ गरेको छ।

*सच्याइएको

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.