सरकारी गाडीमा कार्यकर्ता बोकेको भन्दै कपनमा तनाव

सरकारी गाडीमा कार्यकर्ता बोकेको भन्दै कपनमा तनाव


कपनस्थित कपन बहुमुखी सामुदायिक क्याम्पस मतदान केन्द्रमा एमालेले मतदाता ओसार्न सरकारी गाडी प्रयोग गरेको भन्दै कांग्रेसका कार्यकर्ताले अवरोध गर्दा तानवको स्थिति श्रृजना भएको छ।

बा २ झ ३१२० नम्बरको सरकारी गारी मेयरको भएको खुलेको छ।

कांग्रेसका कार्यकर्ताले बिना पास एमाले कार्यकर्ता र भोटर ओसार्न प्रयोग गरेको भन्दै रोकेका थिए।’सरकारी गाडीले कार्यकर्ता दुई पटक ओसार्‍यो। मैले झारेको हुँ’, कांग्रेसका स्थानीय नेता श्याम डोटेलले भने, ‘एमाले मेयरले कार्यकर्ता ओसार्न गाडी प्रयोग गरेका छन्।’

यद्यपी एमालेका कार्यकर्ताले भने गाडीको पास आफूहरूसँग भएको बताएका छन्।

‘हामीसँग पास छ। पास भएको गाडी सरकारी नै भएपनि चलाउन हुन्न भन्ने त छैन नि,’ एमाले कार्यकर्ता राजकुमार पोखरेलले भने, ‘अशक्तलाई गाडीमा चढाएको हो।’

यसैबीच विवाद बढ्दै गएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएर कपन चौकीमा राखेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.