बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि दाङमा व्यापक उत्साह देखिएको छ। मतदाता बिहान ६ नबज्दै मतदान केन्द्रमा गएर प्रतिक्षा गरिरहेका थिए। समय सुरू हुनु पूर्व नै मतदाताहरु लाइनमा बसेका थिए। अहिले बाक्लो मात्रामा मतदाताको उत्साह देखिएको छ। दाङबाट एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका १९ बाट मतदान गरेका छन्।
दाङ २ ‘क’ का प्रदेशसभा उम्मेदवारसमेत रहेका एमालेले स्थायी कमिटी सदस्य पोखरेलले आफैंलाई मतदान गर्न गर्न पाएनन्। उनी मतदाता रहेको क्षेत्र दाङको २ नम्बर क्षेत्र को खमा पर्छ।