पूर्वसभामुख एवम् इलाम क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका संयुक्त उम्मेदवार सुवास नेम्वाङले भर्खरै मतदान गरेका छन्।
उनले इलाम सदरमुकामको बालमन्दिर केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्।
मतदानपछि नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् । उनले यो नेपालीका लागि हर्षको विषय भन्दै संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट धेरै खुशी भएको प्रतिक्रिया दिए।
नेम्बाङले अब मुलुक समृद्धिको बाटोमा लाग्ने पनि बताए।