गृहमन्त्रालयको आग्रह : अपरिचित व्यक्ति र शंकास्पद वस्तु देखेमा १०० मा खबर गर्नुहोला


गृहमन्त्रालयले कुनै अपरिचित व्यक्ति वा शंकास्पद वस्तु देखेमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

चुनावलाई बिथोल्ने गरी देशका विभिन्न भागमा भइरहेका  बम विष्फोटका घटनाबाट अवरोध पुगेको भन्दै सरकारले सार्वजनिक सूचना नै जारी गरी सर्वसाधारण समक्ष अपिल गरको  हो ।

गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा निर्वाचन विरोधीहरुले उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटनाहरु घटाउने, सर्वसाधारणहरुलाई डर त्रास सिर्जना हुने गरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको घर कम्पाउन्डमा बम विस्फोटन गराउने जस्ता गतिविधिहरू गरी निर्वाचनमा अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेकोले अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद वस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.