उम्मेदवार भट्टको घर नजिक बम विष्फोट


कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ ।

भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करीब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ ।

बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.