म केही सेकेण्डले बचेँ, तर साथीहरू ठूलो चोटमा पर्नुभयो- गगन थापा

त्रिवि शिक्षण अस्पतालमा सामान्य उपचारपछि बाहिरिएका कांग्रेस नेता गगन थापा र उनकी पत्नी अञ्जना। तस्बिरः नारायण महर्जन


काठमाडौंको चपलीमा बम बिस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका उम्मेद्वार गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ। विस्फोटमा थापासहित ११ जना घाइते भएका छन्। उनीहरु मध्ये चारको अवस्था गम्भीर छ । सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइते भएर शिक्षण अस्पतालमा सामान्य उपचार गरी सञ्चारकर्मीमाझ थापाले आफू केही सेकेण्डले बचेको प्रतिक्रिया दिएका छन्।

‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं त्यही बेला पड्कियो। म केही सेकेण्डले बचे तर अरु साथीहरू ठूलो चोटमा पर्नुभयो,’ उनले भने।

उनले विस्फोट आफूलाई लक्षित गरेर नै भएको दाबी गरे।

यसैबीच थापाले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षा स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदिन सरकारसँग आग्रहसमेत गरे।

निर्वाचन गतिविधिलाई असर पुगोस् भनेरै हिंसात्मक गतिविधि गराइएको भन्दै अस्पतालबाट डिस्चार्ज भएपछि थापाले शुभेच्छुकहरुसँग भने, ‘निर्वाचन गतिविधि रोकेमा हिंसालाई अझ बल पुग्नेछ। त्यसैले कुनै पनि निर्वाचन गतिविधि नगरोक्नुहोस्।’ उनले कार्यकर्तालाई आक्रोसित नहुन र संयमता नगुमाउन आग्रह गरे।

प्रचार प्रसारको अन्तिम दिन उनले सम्बोधन गर्न तय भएका तीन वटा सभामा सम्बोधन नगर्ने भएका छन्। तर पूर्वनिर्धारित सभाहरु भने यथावत रहने थापाको सचिवालयले जनाएको छ। सिफलमा हुने सभालाई भने उनले सम्बोधन गर्ने भएका छन्।

Gagan Thapa

बम बिस्फोटमा परी गगन थापा घाइते- Gagan Thapa Gagan Thapa

Posted by Setopati on Monday, 4 December 2017

गगन थापालाई लक्षित गरी बम प्रहार, थापासहित ११ घाइते

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.