काठमाडौंमा बम आतंक बढेको छ। सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्।
अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। यस्तै कांग्रेस उम्मेद्वार गगन थापालाई लक्षित गरी प्रहार गरिएको बम लागेर थापासहित ८ जना कार्यकर्ता घाइते भएका छन्। सोमबार चुनावी प्रचार प्रसारको क्रममा चपलीमा भएको बम आक्रमणमा थापासहित घाइते कार्यकर्ताको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।