प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ।
संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
यसैबीच बिहान सुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिए ।