प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान हुँदैछ। संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो। यस अन्तर्गत ताप्लेजुङमा मतदान सुरू भइसकेको छ।
नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उमेदवार केशव दाहालले मतदानन गरिसकेका छन्।
मतदान अहिले बिहान ७ बजेदेखि सुरू भएको हो। मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन्। प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।