राजपाको घोषणापत्र: दाइजो निषेध, प्लस टु पास दुलहीलाई आधा तोलाको मंगलसुत्र (भिडियोसहित)

फाइल तस्बिर।


मधेसकेन्द्रीत दल राजपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा राजपाले मधेसमा दाइजो निषेध गर्ने त्यसको साटो दुलहीलाई आधा तोला सुनको मंगलसुत्र दिने व्यवस्था गरिने उल्लेख छ।

‘दहेज प्रथाको अनुचित प्रथालाई निरूत्साहित गर्न कम्तिमा प्लस टु सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘अरू अवान्छित कुनै पनि दाइजोलाई कानुनअनुसार व्यवहार गरिनेछ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.