पूर्वसासंद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन


पूर्वसांसद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

पाख्रिनको हृदयघातका कारण निधन भएको  नारायणी सामुदायिक अस्पतालले जानकारी दिएको छ। अस्पतालको अनुसार अस्पताल ल्याउँदै उनी अर्धचेत अवस्थामा थिए। प्रेसर र सुगरका समेत बिरामी रहेकाले उनलाई बचाउन नसकिएको हो।

उनी चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी भएका थिए। सो क्रममा अकस्मात असहज भएपछि  उनलाई नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.