हामीले नेपालमा लामो राजनीतिक आन्दोलनको प्रक्रियाद्वारा, झण्डै सत्तरी वर्षभन्दा बढी राजनीतिक परिवर्तनका लागि लड्यौं। समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नयाँ संविधान जारी गर्यौं। अहिले हामी त्यसको कार्यान्वयनको सन्दर्भमा छौँ। हामीले यती लामो राजनीतिक आन्दोलन जनताको जीवनमा सुख, समृद्धि र परिवर्तन ल्याउनका लागि र राष्ट्रका स्वाधीनताका लागि गरेका थिर्यौं। त्यसैले अहिले हामीले जे राजनीतिक अधिकार पाएका छौँ, त्यसको कार्यान्वयन गर्दै संस्थागत गर्दै अघि बढ्ने र अब आमी जनताको जीवनस्तरमा परिवर्तनका लागि लाग्छौँ।
आर्थिक विकास र समृद्धिका लागि। त्यसैले देश र जनताको जीवनमा आर्थिक हिसाबले, सामाजिक हिसाबले समृद्धितिर लैजानका निम्ति हाम्रो पार्टी निर्वाचनमा होमिएको हो।
हाम्रो पार्टीले आमा समूह, महिला समूह, दिदीबहिनी समूह, सहकारी वित्तीय संस्था जति छन्, तिनीहरूलाई मैले विशेष ढङ्गले सेवा दिएर त्यसको तालिम व्यवस्थापन र आयआर्जन गरेर आत्मनिर्भर हुने र आफ्नो हिसाबले सशक्तिकरण गर्ने कार्यका निम्ति पहल गर्नेछ।
महिलामाथि हुने सबै प्रकारका घरेलु हिंसा अन्त्य गरेर समाजिक सुव्यवस्थाको समेत व्यवस्था गर्नेछ। महिलाहरू घरबाट बाहिर ढुक्कसँग निस्कन सक्ने वातावरण बनाउनका लागि चोकहरूमा सीसी क्यामेरा राख्ने, उनीहरू आफ्नो काम सकेर ढुक्कसँग घर फर्कन सक्ने स्थितिको निर्णमा पहल गर्नेछ।
यो निवार्चन साँच्चै ऐतिहासिक छ। हामीले एउटा लामो त्यास, तपस्या र हजारौँको बलिदानपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्र हो। अब जनताको आधारभूत आवश्कयता भनेको आर्थिक विकास र समृद्धि हो।
यसलाई बढाउनका लागि देशमा बलियो पार्टी र बलियो सरकार चाहिन्छ। यस काम एउटा सुनिश्चित र बलियो सरकारले मात्र गर्न सक्छ। त्यसर्थ हामीले हरू देशले गरेको ४० वर्ष ५० वर्षमा गरेका विकास भनेर हामी पर्खन सक्दैनौँ। किनकि हामीले लामो समय राजनीतिक परिवर्तनका लागि खर्चेका छौँ।तीव्र गतिमा हामीले आर्थिक विकास गर्नुछ। पाँच वर्ष, दश वर्ष र पन्ध्र वर्षमा नै हामीहरूले गरेका विकास गर्नुछ। चाहे त्यो भौतिक पूर्वाधार विकास होस्, पर्यटन विकास होस्, कृषिको आधुनिकीकरण होस्,जलविद्युत्को उत्पादन गरेर होस्, सबै ढङ्गले देशको विकास गर्ने कुरा हामीले तीव्र रूपमा गर्नुपर्नेछ। एक्काइसौँ शताब्दीमा विज्ञानले गरेको विकास र त्यसका आधारमा र आम्रा दुवै छिमेकी मुलुकले गरेको आर्थिक विकासका आधारमा त्यसढङ्गले हाम्रो विकासलाई अगाडि बढाउनुपर्छ। हामीलाई बलियो राजनीतिक दल र सरकार चाहिन्छ। सरकार परिवर्तन भइरहने, विदेशी हस्तक्षेप बड्ने जो हामीले भोग्दै आएका छौँ, त्यसको हलले मात्र हाम्रो विकास हुन्छ भन्ने हाम्रो निष्कर्ष हो।
तसर्थ हामीले विचार मिल्ने पार्टीको ध्रुवीकरण गरेर देशमा दुई पार्टीमात्र होस् र त्यो बामपन्थी र लोकतान्त्रिक शक्ति होस् भन्ने हामीले चाहन्छौँ। नभन्दै हामीले त्यसलाई थालनी गर्दै गर्दा एउटा लोकतान्त्रिक शक्ति र एउटा कम्युनिष्ट शक्ति हुनेछ। छरिएर रहेका कम्युनिष्ट शक्तिलाई मिलाएर यस निवाचएनपछि पार्टी एकीकरण हुनेछ। निर्वानको मुखमा हामी रहेकाले, हामीले अहिले चुनावी तालमेल गरेका छौँ। त्यसैले दुईतिहाई मत ल्याएर देहको नेतृत्व हामीले गर्नेछौँ। र एक्काइसौँ शताब्दीमा हाम्रो संविधानले पनि निर्दिष्ट गरेको समाजवाद उन्मुख समाज भन्ने छ। हामीले पनि त्यसलाई ध्यान दिएर अगाडि बढाउन चाहन्छौँ।
https://www.youtube.com/watch?v=hvY0OslEICM&feature=youtu.be