नेपाली कांग्रेस (बीपी)को घोषणा पत्र सार्वजनिक


राष्ट्रियताको सम्वर्द्धन गर्ने संकल्पसहित नेपाली कांग्रेस (बीपी) पार्टीले बुधबार आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

पार्टीका अध्यक्ष हरिबोल भट्टराईले काठमाडौंमा एक कार्यक्रमबीच आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणा पत्रमा राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र प्रजातन्त्रको रक्षा गर्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। अध्यक्ष भट्टराईले आफ्नो पार्टीले शासन व्यवस्थामा इमान्दारिता तथा जनताप्रतिको प्रतिबद्धतालाई व्यापक बनाउन चाहेको स्पष्ट पारे।

पार्टीको घोषणा पत्रमा नेपाली कांग्रेसलाई (बीपी)को आर्दशबाट विचलित भएको आरोप लगाइएको छ। पार्टीले मुलुकमा आर्थिक, सामाजिक रुपान्तरण गर्दै गरिबी अन्त्य गर्ने संकल्प पनि गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.