नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनित


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनित भएका छन्।

नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनित गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनित हुने प्रावधान छ ।

युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.