काठमाडौंमा मेट्रो रेलको डिपिआर बनाउने सरकारको निर्णय

योजना आयोगलाई जिम्मा


सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन (डिपिआर) गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको सोमबारको बैठकले काठमाडौं उपत्यका भित्र मेट्रो रेल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न पूर्वधार विभागलाई निर्देशन दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

यसअघि आयोगको यही विभागले मेट्रो रेलको सम्भाव्यता पनि अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदनले उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो।

आजको बैठकले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गरेको छ।

बैठकमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.