मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फबाट उम्मेद्वार सुनिल शर्माले सञ्चालन गरेको भन्दै स्वास्थ्य शिविर रोक्ने प्रयासमा विवाद हुँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.३ मा ४६ बिघे युवा क्लवले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा निर्वाचन आचारसंहित विपरित भएको भन्दै प्रहरीले रोक्न खोज्दा आक्रोशित स्थानीयले राजमार्ग अवरोध गरेका हुन् ।
स्थानीय ४६ विघे युवा क्लबको सहकार्यमा आयोजित स्वास्थ्य शिविरलाई प्रहरीले हटाउने प्रयास पछि आक्रोशित युवाहरू प्रहरी दमनविरूद्ध नारा लगाउँदै राजमार्ग आएर सडक अवरोध गरेका हुन् । बिहान ७ बजे बाट सिविरमा अवरोध पुर्याए पनि सिविरमा १३० जनाले सेवा लिएका छन्।
आइतबार बिहान चलिरहेको शिविरमा प्रहरीको टोली पुगेर रोक्न भन्दै डाक्टरहरूलाई १० मिनेट नियन्त्रणमा लिएको थिए। डाक्टरहरूलाई नियन्त्रणमा लिएको भन्दै स्थानीयको प्रतिकार गरेपछि प्रहरीले छोडेको थियो।
अनुगमन आउने कुरा भइरहेको बेला सिविर हटाएको भन्दै प्रहरीले डाक्टर र नर्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निर्वाचन आयोगले झडपको स्थिति हुने भएकाले नेपाली कांग्रेसका सचिव मोदराज घिमिरेलाई जानकारी गराएको र अनुगमा पठाएको क्षेत्रिय निर्वाचन अधिकृत प्रेम प्रसाद संजेलल जानकारी दिए।
संजेलले ‘आचार संहिता उलंघन गरेको उजुरी परेकाले अनुगमन गर्न डि एस पिको कमान्डमा अनुगमन अधिकृत गएको र अनुगमनको रिपोर्ट पछि के गर्ने भन्ने विषयमा छलफल हुने बताए।
उता अनुगमन टोलि नआएकाले २० मिनेट यातायाल अवरुद्ध भयो । शनिबार पनि सिविरमा पथरीशनिश्चरे ७ मा वडा अध्यक्ष कपिलमणि ढकाल, पूर्व सभासद चन्डी प्रसाद राई, गुरू बराल, युवराज बास्कोटा लगायतले सिविरमा अवरोध पुर्याएको स्थानीयले आरोप लगाएका छन्।
कांग्रेस कार्यकर्तासहित स्थानीयहरू ‘प्रहरी दमन मुर्दावाद, राजन कार्की राजीनामा दे, स्वास्थ शिविर सूचार गर’, जस्ता नारा लगाएर २० मिनेट सडक अवरोध गर्दै बसेका थिए ।
मोरङ क्षेत्र नं. ३ मा २ महिना यता नोबेल मेडिकल कलेजद्धारा स्वास्थ सिविर चल्दै आए पनि शुनिल शर्माले मनोनयन दर्ता गर्नु भन्दा १५ दिन अघि नोबेल मेडिकल कलेजबाट राजीनामा दिएको बताएका छन्।
नोबेलका डाक्डरहरुले निःशुल्क सिविर चलाउने थाहा पाएपछि गाँउका क्लवहरुले अफ्नौ नेतृत्वमा सिविर चलाई दिनु भन्दै आएपछि सिविर चलाएको डा. देबराज घिमिरे बताए।