बुद्ध उद्यान । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित भगवान गौतम बुद्धको प्रतिमासहितको बुद्ध उद्यान। यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिरःदेवराज सुवेदी/रासस
झोलुंगे पुल । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ र ७ जोड्नका निम्ति टिमाइ खोलामा निर्माण गरिएको झोलुंगे पुल। पुलले स्थानीयलाई आउजाउमा सहज हुनुका साथै आन्तरिक पर्यटकलाई समेत आकर्षित गरेको छ । तस्बिर: राजकुमार ओली/रासस
निर्माणाधीन पोखरा–मुग्लिन सडक । कास्कीको पोखरा महानगपालिका–२७ तालचोकबाट बिहीबार देखिएको निर्माणाधीन पोखरामुग्लिन सडक र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। तस्बिरः राम थापा/रासस
जङ्गली बिरालो । सुनसरीको इनरुवा नगरपालिका-५ मा आहाराको खोजीमा निस्किएको जङ्गली बिरालो । जङ्गली बिरालाहरू सिमसार, घाँसे मैदान र झाडी/जङ्गलहरूमा पाइन्छन् । घरेलु बिरालोभन्दा ठूलो र पहेँलो हुने जङ्गली बिरालाे रातमा बढी सक्रिय हुन्छ। तस्बिर : नवीन गड्तौला/रासस
स्वदेश फर्किए राष्ट्रपति । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगागत पुगेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी