पानी पर्दा मर्कामा किसान । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा मंगलबार बिहानदेखि पानी परेका कारण धान भित्र्याउन समस्या। पानी परेको कारण पाकेको धान काट्न नपाउँदा किसानहरू मर्कामा परेका छन्। तस्बिरः हेमन्त केसी/रासस
ओलाङ्चुङगोला बस्ती । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङ्चुङगोला बस्ती। करिब ५६ घरधुरीसहित वालुङ समुदायको बसोबास रहेको यो बस्ती कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र पर्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
मानुङकोटमा पर्यटकको घुइँचो । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सूर्योदय र कुहिरो हेर्न पर्यटको भीड। चिसो मौसम सुरू भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
मुस्ताङको खिङ्गामा भारी हिमपात । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गामा भारी हिमपात। आज रातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदैउपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । हिमापातपछि गाउँपालिका–१ का वडा अध्यक्षले जोखिम मोलेर मुक्तिनाथ क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरेका छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस