प्रधानमन्त्री कार्कीसँग जेनजी प्रतिनिधिहरूको छलफल । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गर्दै। तस्बिर : प्रदीपराज वन्त/रासस
सेताम्य काँस । झापाको दमकको रतुवा नदीको बगर क्षेत्रमा फुलेको सेताम्य काँस। सो सिजनमा फूल्ने काँसले आकर्षण गर्ने गरेको छ। तस्बिर: यज्ञराज आङदेम्बे/रासस
पाथीभरा मन्दिरमा दर्शनार्थी । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर, दर्शनार्थी र पृष्ठभूमिमा हिमाल। तस्बिर: सन्तोष पुर्कुटी/रासस
रामेछापको एकीकृत बस्ती । रामेछापको खाँडादेवी गाँउपालिका–३ डप्खाको माझी बस्तीमा भूकम्प पीडितहरूका लागि सरकारले चार वर्ष अघि निर्माण गरिदिएको एकीकृत बस्ती। बस्ती निर्माणको जग्गा विवादका कारण यो बस्ती अझैसम्म पनि प्रयोगमा आएको छैन। तस्बिरः रमेश ढुंगेल/रासस