हुम्लाको गल्बा गाउँ । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको गल्बा गाउँ। तस्बिरः कालीबहादुर थापा/रासस
मालिका पिस पार्क । गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङ्गमा निर्माण गरिएको ‘मालिका पिस पार्क’ । मालिकाले उक्त पिसपार्कलाई पालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ गौरवको योजनामा समावेश गरेको छ र पछिल्लो समय पर्यटन पनि बढ्न थालेका छन् । तस्बिरः हुमाकान्त पोखरेल/रासस
जरायो नाच । मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङस्थित टसी ल्हखाङ्ग गुम्बामा ‘ध्योक्योप’ अन्तर्गत शुक्रबार लामाहरुबाट मुकुट पहिरिएर जरायो नाच प्रदर्शन गरिँदै । यहाँ यस प्रकारको नाच अवलोकन गर्नाले पारिवारिक सुख शान्ति प्राप्ति हुने जनविश्वास रहेको छ । तस्बिर : सुन्दरकुमार थकाली/राससजुट केलाउँदै किसान
मकालु हिमाल । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रबाट शुक्रबार बिहान देखिएको मकालु हिमाल । तस्बिरः सन्तोष पुर्कुटी/रासस
जुट केलाउँदै किसान । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित सडक किनारमा जुट केलाउँदै किसान । यतिबेला जुट स्थानीय बजारमा चार हजार पाँच सय रुपैयाँ प्रति मन (४० किलो)का दरले बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस