घण्टाघरको प्रवलीकरण कार्य गरिँदै । काठमाडौँँको त्रिचन्द्र क्याम्पसको परिसरभित्र रहेको घण्टाघरको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य हुँदै। तस्बिरः रत्न श्रेष्ठ/रासस
सूर्यास्त । दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट बुधबार देखिएको सूर्यास्तको दृश्य ।तस्बिर : कुलदीप न्यौपाने/रासस
पुनहिलमा पर्यटकको चहलपहल । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा बुधबार बिहान देखिएको स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल। तस्बिरः राम थापा/रासस
जाजरकोटका छेडागाडको बेलिब्रिज । पश्चिम जाजरकोटका छेडागाड नगरपालिका– ५ र १२ वडाको बीचमा रहेको छेडागाड खोलामा निर्माण भएको बेलिब्रिज। पूर्वाधार विकास कार्यालय, जाजरकोटले उक्त पुल निर्माण गरेको हो। तस्बिरः हेमन्त केसी/रासस
विसर्जनका लागि लगिँदै लक्ष्मीको प्रतिमा । दशैँका अवसरमा सुनसरीको सदरमुकाम इनरुवा–२ बिहीबारे हाटस्थित दुर्गा मन्दिरमा निर्माण गरिएको लक्ष्मीको प्रतिमा बुधबार बिसर्जनका लागि लगिँदै एक हप्तापछि यहाँ दशैँका बेलामा निर्माण गरिएको विभिन्न देवीदेवताको प्रतिमा विसर्जन गरिन्छ। तस्बिरः अजितकुमार झा/रासस