आजका तस्बिर- असोज १४
आजका तस्बिर- असोज १४
पूजाका लागि छिटनी बनाउँदै थारू समुदाय ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित भैसाहीका स्थानीय थारू समुदाय बडादसैँको अष्टमीका दिन बेलुकी पूजा गर्नका लागि सेवार खोला किनारमा छिटनी बनाउँदै। थारू समुदायमा अष्टमीका दिन बेलपाती पूजाका लागि बाँसबाट तयार गरिने नयाँ छिटनी अनिवार्य चाहिने परम्परा छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज १४
हिमशृङ्खला ।  हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब पाँच हजार मिटरको उचाइमा रहेको लाप्चाबाट देखिएको हिमशृङ्खला। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज १४
बन्दीपुर बजार ।  तनहुँको पर्यटकीय नगरी 'पहाडकी रानी' नामले परिचित बन्दीपुर बजार। पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय सहरको रूपमा परिचित छ। तस्बिर: सागर गिरी/रासस
आजका तस्बिर- असोज १४
अवरूद्ध सडक खुलाउँदै ।  पूर्वाधार विकास कार्यालयले जाजरकोटको जुनीचाँदे गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाका छेडागाड नगरपालिका–६ लोड्नी नजिकै अवरूद्ध भएको सडक डोजरको सहयोगमा मर्मतसम्भार गरिँदै। दसैँ, तिहारलाई लक्षित गरेर सडक खुलाउन लागिएको हो। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- असोज १४
सुर्खेतको वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ स्थित गोठी काँडाबाट देखिएको वीरेन्द्रनगर उपत्यका। बस्ती विकास भएसँगै यहाँको खेतीयोग्य जमिन मासिँदै गइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्