आजका तस्बिर- असोज १३
आजका तस्बिर- असोज १३
पोखरामा फूलपातीको दिन बिक्रीका लागि राखिएका भेडा च्याङ्ग्रा ।  बडादसैँको सप्तमीको दिन सोमबार पोखराको सिमपानी र जौवारी क्षेत्रमा बिक्रीका लागि राखिएका भेडाच्याङ्ग्रा । हरेक वर्ष सप्तमीको दिनमा यहाँ च्याङ्ग्रा खरिदका लागि भीड लाग्ने गरेको छ । हिमाली क्षेत्रमा जडिबुटी खाएकाले स्वस्थ हुने विश्वासले च्याङ्ग्राको माग दसैँमा बढी हुने गर्दछ । तस्बिरः कृष्ण दवाडी/रासस
आजका तस्बिर- असोज १३
लिङ्गेपिङ खेल्दै ।  म्याग्दीको बेनीमा रहेको खुल्लामञ्च खेल मैदानमा सोमबार बिहान दसैँ पर्वको अवसरमा हालिएको लिङ्गे पिङ खेल्दै सर्वसाधारण । टोल, बस्तीमा हालिने लिङ्गे पिङले दसैँको रौनकता बढाउँछ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज १३
माता दुर्गाको प्रतिमा ।  वड़ादशैँको शुभ अवसरमा महोत्तरी जिल्लाको मटिहानीमा निर्माण गरिएको माटोको कलात्मक माता दुर्गाको प्रतिमा। तस्बिरः मो इसराफिल राइन/ रासस
आजका तस्बिर- असोज १३
गोरखाको फूलपाती हनुमान ढोकामा भित्र्याइयो ।  गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार साँझ काठमाडौंको हनुमान ढोकामा भित्र्याइएको छ। सोमबार बिहान ७ः३० बजे बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हनुमान ढोका दरबारका लागि फूलपाती ल्याएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज १३
टुँडिखेलमा फूलपाती बढाइँ ।  वडा दसैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्