आजका तस्बिर- असार १४
आजका तस्बिर- असार १४
बाढीले जलमग्न मलङ्गवाको पूर्वी क्षेत्र ।  सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र। तस्बिर: विश्वनाथ ठाकुर/रासस
आजका तस्बिर- असार १४
कमल ताल ।  रूकुम पूर्वको सदरमुकाम रूकुमकोटमा अवस्थित कमल ताल। उक्त ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। तस्बिरः बलबहादुर ओली/रासस
आजका तस्बिर- असार १४
कुपिन्डे दह ।  सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह । उक्त दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने स्थायीय बताउँछन् । तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- असार १४
गङ्गापूर्ण हिमाल ।  हिमाल पाको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण हिमाल। जलवायु परिवर्तन असरका कारण पर्याप्त हिउँ पर्न नसक्दा हिमालको सौन्दर्यता कमी आएको स्थानीय बताउँछन्। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असार १४
रुप्से झरना ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको आकर्षक रूप्से झरना। बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने यस झरनामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गर्दछन् । तस्बिर : कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्