आजका तस्बिरहरू साउन ६
मुन्द्रा चढाउने डाँडामा पदमार्गम्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग। समुद्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले दश लाख रूपैयाँमा पदमार्ग बनाएको हो। तस्वीर: रासस
हटेन तुइन तर्ने बाध्यतादार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै। सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन। तस्बिरः रासस
प्रतिक्रिया दिनुहोस्