आजका तस्बिरहरू- मंसिर २२
आजका तस्बिरहरू- मंसिर २२
उभौली ।  उधौली पर्वको अवसरमा बिहिबार जातीय पोशाकमा सजिएकी किराँत किशोरी । तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरहरू- मंसिर २२
घाँसको जोहो ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शेरजंग भन्दा केही पूर्व जंगलबाट बस्तु चौपायाका लागि घाँस बोकेर घरतर्फ फर्किरहेको स्थानीय महिला। तस्बिरःनारायण खड्का/सेतोपाटी।
आजका तस्बिरहरू- मंसिर २२
दाङ भ्याली ।  राप्ती राजमार्ग अन्तर्गत ठूलो तुलसीपुर उपमहानगरपालिका–१३ स्थित पहाडबाट देखिएको दाङ भ्यालीको दृष्य। तस्बिर: नारायण खड्का/ सेतोपाटी।
आजका तस्बिरहरू- मंसिर २२
लोपोन्मुख गोलघर ।  म्याग्दीको बेनी नगरपालिका–६ जाउनखर्कमा संरक्षण गरिएको लोपोन्मुख गोलघर। यस्ता गोलघर (घुमाउने घर) हरू अहिले लोप हुँदै गएका छन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिरहरू- मंसिर २२
देउवालाई १५ किलोको माला! ।  बिहीबार धनगढीमा महोत्सव उद्य्घाटन गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ वटा माग राख्दै कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाइदिएको छ। २०६३ सालमा महोत्सव सुरू हुँदै गर्दा देउवालाई नै सुदूरपश्चिमका सवालमा २१ वटा माग राखेर २१ किलोकै माला लगाइएको थियो। तस्बिर: सेतोपाटी 
आजका तस्बिरहरू- मंसिर २२
यो:मरि पुन्ही ।  नेवारी समुदायले मनाउने यो:मरि पुन्हीको अवसरमा यो:मरि बनाउँदै एक महिला। तस्बिर: नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्