आजका तस्बिर- भदौ १२
आजका तस्बिर- भदौ १२
जल बिहार ।  सुनसरीको बाह्रबिघे (रास) तालमा जल बिहार गर्दै आन्तरिक पर्यटक। तस्बिर: नवीन गड्तौला/ रासस
आजका तस्बिर- भदौ १२
गिद्ध ।  कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको हिमाली गिद्ध। गिद्धको बासस्थानको रूपमा रहेको सिमलको रूख मासिँदै जाँदा गिद्धको प्रजाती संकटमा पर्न थालेको छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- भदौ १२
चोख्या पर्व ।  हुम्लाके सिमकोट गाउँपालिका–८ स्याँडा गाउँको व्याँसी समुदायलाई मनाइने चोख्या पर्वमा फुर्का (देउडा) स्थानीय। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- भदौ १२
नेपालकै ठूलो नक्सा ।  पर्वतको कुश्मा नगरपालिका–४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा। रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट छ। तस्बिर: सुमनजङ्ग थापा/रासस
आजका तस्बिर- भदौ १२
सलल कालीगण्डकी ।  बागलुङ नगरपालिका–१ रामरेखाबाट देखिने कालीगण्डकी नदी र निरयघाट बस्ती। तस्बिर: डम्मर बुढा मगर/रासस
प्रतिक्रिया दिनुहोस्