आजका तस्बिर- भदौ ९
आजका तस्बिर- भदौ ९
अनुगमन जारी ।  नक्सा विपरित अनधिकृत रूपमा बनाएका संरचना खाली गराउन नयाँ बानेश्वर क्षेत्रमा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ९
सुर्खेतको कृषियोग्य जमिन ।  सिम्ता गाउँपालिका– ६ ठिग्नी सुर्खेतस्थित नमूना समुदाय विपत उत्थानशिलताका लागि क्रियाशील समुदायको बसोबास रहेको क्षेत्र। यहाँ कृषिजन्य उत्पादनका हिसाबले उत्कृष्ट मानिन्छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- भदौ ९
अल्फाबिटामा महानगरको डोजर ।  नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना हटाउँदै काठमाडौं महानगरपालिका। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ९
जलबिहार गर्दै पर्यटक ।  दाङको देउखुरी गढवा – १, बडहरामा रहेको कुलपानी हरितपार्कमा निर्माण गरिएको जलाशयमा जलबिहार गर्दै आन्तरिक पर्यटक। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- भदौ ९
ढलान गर्दागर्दै अलपत्र छोडिएको सडक ।  ठेकेदार कम्पनीको लापरबाहीले ढलान गर्दागर्दै अलपत्र अवस्थामा छाडिएको खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडक। सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारको लापरबाहीले रड बिछ्याएर अलपत्र छाडेपछि उक्त सडकमा हिँडडुल गर्नसमेत समस्या भएको छ। तस्बिर: केदार मगर/रासस
प्रतिक्रिया दिनुहोस्