आजका तस्बिर- भदौ ७
आजका तस्बिर- भदौ ७
सडकको व्यापार ।  थापाथली चोकको फुटपाथमा मकै पोल्दै एक महिला। सडक किनारमै मकै पोलेर राजधानीमा दर्जनौंले परिवार पाल्दै आएका छन्। बेला बेला महानगरले धपाउने कोशिस गरे पनि उनीहरू आफ्नो ब्यवसाय गर्दै आइरहेका छन्। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ७
जलविद्युत परियोजना अवलोकन ।  वन तथा वातावरणमन्त्री प्रदीप यादव मङ्गलबार सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत परियोजनाको अवलोकन गर्दै। तस्बिर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- भदौ ७
झोलङ्गेपुल ।  मोरङको उर्लाबारी नगरपालिका–१, हिलेपानी र मेचेडाँगीलाई जोड्न बक्राखोला माथि निर्माण भएको झोलङ्गेपुल। पुलबाट एकै पटकमा एक हजार १७५ जना आवतजावत गर्न सक्छन्। सो पुल तीन करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको हो। तस्बिरः कुमार खड्का/रासस
आजका तस्बिर- भदौ ७
धानबाली ।  बैतडीको पाटनमा हरियाली भएको धानबाली। पाटन धान उत्पादनको पकेट क्षेत्र पनि हो। तस्बिरः विनोद सिंह विष्ट/रासस
आजका तस्बिर- भदौ ७
आँधीखोलामा बनेको झोलुङ्गे पुल ।  स्याङ्जाको गल्याङ नगरपालिकाको वडा नं ७ र ८ जोड्ने आँधीखोलामा बनेको झोलुङ्गे पुल। जिल्लाकै लामो र अग्लो पुल यो निर्माणसँगै स्थानीयहरूलाई आउजाउमा सहजता सँगै पुल हेर्नका लागि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू आउने गरेका छन्। तस्बिर: तोलाकान्त बगाले/रासस
प्रतिक्रिया दिनुहोस्