आजका तस्बिर- भदौ ६
आजका तस्बिर- भदौ ६
भुस्कात गाउँ ।  बागलुङको ताराखोला गाउँपालिका–१ स्थित भुस्कात गाउँ। तस्बिरः रामबहादुर थापा/रासस
आजका तस्बिर- भदौ ६
भोजपुरे खुकुरी ।  भोजपुर सदरमुकाममा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी। यहाँ सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन्। दक्ष कालीगढको अभावले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको व्यवसायी बताउँछन्। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- भदौ ६
दमौली बजार ।  तनहुँको व्यास नगरपालिका–४ बाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार। तस्बिरः कृष्ण न्यौपाने
आजका तस्बिर- भदौ ६
धानमा औषधि छर्किंदै किसान ।  सप्तरीको तिरहुत गाउँपालिका–१ स्थित त्रिकोलमा कीरा लागेको धानमा औषधि छर्किंदै किसान। तस्बिर: अरुणकुमार यादव/रासस
आजका तस्बिर- भदौ ६
फोहोर नउठेपछि सडकमै जलाइँदै ।  झापाको विर्तामोड नगरपालिकाको बजार क्षेत्र भद्रपुर रोडको सडक पेटीमा फोहोर जलाइँदै। बजार क्षेत्रबाट उत्पादित फोहोर नउठेपछि स्थानीय व्यवसायीले सडकपेटीमै जलाउन थालेका छन्। तस्बिर: सन्तोष शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्