गाईजात्रा । काठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खयर भारनीमा भक्तजनको घुइँचो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खयरलेकमा अवस्थित प्रसिद्ध धार्मिकस्थल खयर भारनीमा जनै पूर्णिमाको अवसरमा शुक्रबार पूजा अर्चना र भाकलका लागि पुगेका भक्तजनहरू। ताल र ताल परिसरको खयर भारनी माताको थानमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्वीरः कमल खत्री/रासस