माछिमारन हो ... । दाङको दंगिशरण गाउँपालिका वडा नं. ४ स्थित माया खोलाको धार फर्काए माछा मारिरहेका स्थानीय। तस्बिरःनारायण खड्का/सेतोपाटी
काठमाडौं उपत्यका । भक्तपुरको घ्याम्पेडाँडाबाट देखिएको काठमाडौं उपत्यका। तस्बिरः सेतोपाटी
खोप आयो रे... । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा सोमबार अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) लगाएको चियाएर हेर्दै एक बालिका। तस्बिरः निशा भण्डारी/सेतोपाटी
राजमार्गमा फसेका सवारीसाधन । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे सडकमा फसेका सवारीसाधन। सदरमुकामदेखि घोडाबाँधे सडक ठेक्का सम्झौता भएको पाँच वर्षसम्म कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ। तस्वीर: रासस