गिट्टी कुटेर आम्दानी । खलंगा पाँचकाटियाँ जुम्ला सडक खण्डको निर्माण शुरु भएसँगै यहाँका महिला गिट्टी कुटेर आम्दानी गदै। तस्वीर: हेमन्त केसी/रासस भाँडाकुडा बनाउन सिकाउँदै । भक्तपुरमो पोटरी स्क्वायरमा स्कुले बालबालिकालाई माटोको भाँडाकुडा बनाउन सिकाउँदै एक कुमाले। तस्बिरः नारायण महर्जन सुपारीको बोक्रा । झापाको मेचीनगर–१३ चारआलीमा सुपारीको बोक्रा निकाल्दै महिला। प्रति केजी १० रुपैयाँमा महिलाहरुले सुपारीको बोक्रा छुट्याएर मनग्य आम्दानी गर्ने गरेका छन्। तस्वीर: सुरेन्द्र भण्डारी/रासस खानेकुरा खोज्दै । काठमाडौंको स्वयम्भूमा एक बाँदर प्लास्टिकको झोलामा खानेकुरा खोज्दै। तस्बिरः नारायण महर्जन