Ncell
Setopati विचार
Subscribe Setopati
शुक्रबार, माघ १६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सरकार अचाक्ली भयो, अब सहन्नौं

Nmb
Nmb
प्रकाश चन्द, मान्यता थापा र प्रविन स्यानताङ

प्रकाश चन्द, मान्यता थापा र प्रविन स्यानताङ

gibl
gibl
gibl
gibl
फाइल तस्बिर।
फाइल तस्बिर।
Tata box 1
Tata box 1

अहिले देशभर हामी मेडिकल विद्यार्थी आन्दोलित छौं। आन्दोलनकै क्रममा हाम्रा साथीहरु कुटिएका छन्, बन्धक भएका छन्। कतिको ज्यानै जोखिममा परेको छ। असुरक्षाका कारण नेशनल मेडिकल कलेज वीरगन्जका साथीहरू अहिलेसम्म कलेज जान सकेका छैनन्।

विद्यार्थीसित १० अर्बभन्दा बढी पहिल्यै ठगिसकेका मेडिकल कलेजको यस्तो ज्यादतिपछि सरकारले विज्ञप्ति निकाल्ने र फोस्रा धम्की दियो।  

अब सरकारलाई हामी सोध्न चाहन्छौं- यो कार्यकारी अधिकार भएको, देशको संविधान र कानुनको पालना गराउने सरकार हो कि माफिया र अपराधीहरुको रक्षक झुण्ड?

यो सरकारलाई वैधता दिएर कुर्सीमा पुर्‍याएको देशभरका नागरिकले हो कि मुट्ठीभर अपराधीले? आज यसको पनि जवाफ चाहन्छौं हामी।

अहिले सरकारका तर्फबाट खटाइएका मानिसले हामीलाई भनिरहेका छन्- कलेज फर्केर पढ, परीक्षा देऊ, आन्दोलनलाई डाक्टर गोविन्द केसीको आन्दोलनसित नजोड।

हामी सोध्न चाहन्छौं- हिजो एमबीबीएसको शुल्क सरकारले तोक्दै नतोकेको अवस्थामा डेढ करोडसम्म लिइन्थ्यो, त्यो बेला ज्यान जोखिममा राखेर ३५ लाख शुल्क कायम गराउने मानिस को हो? सुधारका लागि माथेमा कार्यदल बनाउन बाध्य पार्ने को हो? माथेमा कार्यदलको प्रतिवेदन महिनौंसम्म लुकाएपछि त्यो सार्वजनिक गराउनमात्रै सत्याग्रह बस्न बाध्य पारिएको कसलाई हो? सार्वजनिक भएपछि फेरि त्यसलाई कार्यान्वयन गराउन चार हप्तासम्म भोकभोकै बस्ने को हो?

हामीले बुझिसकेका छौं कि श्रद्धेय डाक्टर गोविन्द केसीको अनवरत प्रयासबिना आज हाम्रा लागि न्यायको लडाइँ लड्ने मैदान नै बन्ने थिएन।

Laxmi bank
Laxmi bank

हामीलाई बारम्बार भनिन्छ- सरकारले अवैध रूपमा असुलिएको शुल्क फिर्ता गराएरै छाड्छ।

यदि त्यस्तै हो भने हामी सरकारलाई एउटा चुनौती दिन चाहन्छौं। तीन दिनमा हामीले देशभरका सबै मेडिकल कलेजका विद्यार्थीले २०७० साल यता तिरेको बढी शुल्कको सुची तयार पार्छौं, त्यसमा कति ब्याज लिने हिसाब गर्छौं।  चौथो दिन सरकारले ती सबै विद्यार्थीलाई त्यो रकम फिर्ता गराओस्। त्यही दिन विद्यार्थीको आन्दोलन रोकिन्छ, पढाइ सुचारू हुन्छ र परीक्षाको माहोल बन्छ।

Ncell
Ncell

सरकार जमानी बसेर गराएको सम्झौता के हुन्छ भन्ने कुरा हामीले चितवन मेडिकल कलेजमा देखिसकेका छौं। सरकारको निर्देशन कति पालना हुन्छ भन्ने त सबै मेडिकल कलेजले देखाइरहेकै छन्।

यदि त्यसरी पैसा फिर्ता गराउन सक्दैन भने सरकारले अहिलेको नौटंकी बन्द गरेर घोषणा गरोस्- हामीलाई २० हजार मेडिकल विद्यार्थीको अधिकार, न्याय र भविष्यभन्दा अपराधी डन र माफियासितको सम्बन्ध प्यारो छ।

उनीहरूसामू हामी लाचार र निकम्मा छौं। जनप्रतिनिधिका रूपमा हामी नालायक छौं। जनताले हामीलाई चुनावमार्फत् दिएको सार्वभौमसत्ता हामीले माफियालाई बेचेर खाइसक्यौं। अब हामीलाई हाम्रो अकुत धनको रक्षाबाहेक बाँकी कुराको चिन्ता छैन।

अझै इमान्दार हुने हो भने सरकारले यो पनि घोषणा गरोस्- दुई तिहाइको ‘कम्युनिष्ट’ सरकारको देशलाई समाजवादतिर लैजाने रोडम्याप यही होः मुठ्ठीभर अपराधीहरुलाई देशका बाँकी नागरिकहरुको बेरोकटोक दोहन गर्न दिने। तिनै अपराधीहरुसित कमिसन लिएर आफू धनी बन्ने। तिनकै नुन खाने, तिनकै खर्चमा उपचार गराउने।

माफियाहरूसितको आत्मसमर्पण पत्रमा सरकारले यो पनि लेखोस्- स्वास्थ्य क्षेत्रमा व्यापार हाम्रो प्राथमिकता हो, जनताको स्वास्थ्य र सेवा हाम्रो चासो र चिन्ताको विषय नै होइन। अस्वस्थ मानिसले विरोधको आवाज उठाउन सक्दैनन्। अशिक्षित विवश भएर कठिन कामका लागि मरूभूमि पुग्छन्। देशमा अमनचैन हुन्छ।

यदि यस्तो इमान्दारी देखाउने आँट छैन भने सरकारले अहिलेकै पाखण्डपन दोहोर्‍याइरहोस् तर हामी विद्यार्थी पछि हट्ने छैनौं। अब विद्यार्थीको आन्दोलन डाक्टर केसीको आन्दोलनसित एकाकार हुन्छ। सरकारले ख्याल गरोस्- सबै जनालाई सधैंभरि मुर्ख बनाउन सकिँदैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १२:४६
सिफारिस
हेभीवेट नेताहरू भिडिरहेको काठमाडौं–५
हेभीवेट नेताहरू भिडिरहेको काठमाडौं–५
मधेसमा दल अदल–बदलको लर्को
मधेसमा दल अदल–बदलको लर्को
बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा
बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा
पुराना दलका मतदाता आफ्नैतिर फर्के दबाबमा पर्न सक्छन् रेणु र सोविता
पुराना दलका मतदाता आफ्नैतिर फर्के दबाबमा पर्न सक्छन् रेणु र सोविता
मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?
मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?
'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'
'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

विचार

भविष्यको विद्युत प्रणाली 'इनर्जी इन्टरनेट'
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो!
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन
चाइना स्याटेलाइट नेटवर्क ग्रुप कम्पनी लिमिटेडले विकास गरिरहेको स्याटलाइट इन्टरनेट र बेइडोउ नेभिगेसन स्याटेलाइट प्रणाली। तस्बिर स्रोतः चाइना डेली
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र!
कर्मचारीतन्त्र दोषी कि भाष्यको सिकार?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP