Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati विचार
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

सरकार अचाक्ली भयो, अब सहन्नौं

Royal Enfield
Royal Enfield
प्रकाश चन्द, मान्यता थापा र प्रविन स्यानताङ

प्रकाश चन्द, मान्यता थापा र प्रविन स्यानताङ

gibl
gibl
gibl
gibl
फाइल तस्बिर।
फाइल तस्बिर।
Tata box 1
Tata box 1

अहिले देशभर हामी मेडिकल विद्यार्थी आन्दोलित छौं। आन्दोलनकै क्रममा हाम्रा साथीहरु कुटिएका छन्, बन्धक भएका छन्। कतिको ज्यानै जोखिममा परेको छ। असुरक्षाका कारण नेशनल मेडिकल कलेज वीरगन्जका साथीहरू अहिलेसम्म कलेज जान सकेका छैनन्।

विद्यार्थीसित १० अर्बभन्दा बढी पहिल्यै ठगिसकेका मेडिकल कलेजको यस्तो ज्यादतिपछि सरकारले विज्ञप्ति निकाल्ने र फोस्रा धम्की दियो।  

अब सरकारलाई हामी सोध्न चाहन्छौं- यो कार्यकारी अधिकार भएको, देशको संविधान र कानुनको पालना गराउने सरकार हो कि माफिया र अपराधीहरुको रक्षक झुण्ड?

यो सरकारलाई वैधता दिएर कुर्सीमा पुर्‍याएको देशभरका नागरिकले हो कि मुट्ठीभर अपराधीले? आज यसको पनि जवाफ चाहन्छौं हामी।

अहिले सरकारका तर्फबाट खटाइएका मानिसले हामीलाई भनिरहेका छन्- कलेज फर्केर पढ, परीक्षा देऊ, आन्दोलनलाई डाक्टर गोविन्द केसीको आन्दोलनसित नजोड।

हामी सोध्न चाहन्छौं- हिजो एमबीबीएसको शुल्क सरकारले तोक्दै नतोकेको अवस्थामा डेढ करोडसम्म लिइन्थ्यो, त्यो बेला ज्यान जोखिममा राखेर ३५ लाख शुल्क कायम गराउने मानिस को हो? सुधारका लागि माथेमा कार्यदल बनाउन बाध्य पार्ने को हो? माथेमा कार्यदलको प्रतिवेदन महिनौंसम्म लुकाएपछि त्यो सार्वजनिक गराउनमात्रै सत्याग्रह बस्न बाध्य पारिएको कसलाई हो? सार्वजनिक भएपछि फेरि त्यसलाई कार्यान्वयन गराउन चार हप्तासम्म भोकभोकै बस्ने को हो?

हामीले बुझिसकेका छौं कि श्रद्धेय डाक्टर गोविन्द केसीको अनवरत प्रयासबिना आज हाम्रा लागि न्यायको लडाइँ लड्ने मैदान नै बन्ने थिएन।

हामीलाई बारम्बार भनिन्छ- सरकारले अवैध रूपमा असुलिएको शुल्क फिर्ता गराएरै छाड्छ।

यदि त्यस्तै हो भने हामी सरकारलाई एउटा चुनौती दिन चाहन्छौं। तीन दिनमा हामीले देशभरका सबै मेडिकल कलेजका विद्यार्थीले २०७० साल यता तिरेको बढी शुल्कको सुची तयार पार्छौं, त्यसमा कति ब्याज लिने हिसाब गर्छौं।  चौथो दिन सरकारले ती सबै विद्यार्थीलाई त्यो रकम फिर्ता गराओस्। त्यही दिन विद्यार्थीको आन्दोलन रोकिन्छ, पढाइ सुचारू हुन्छ र परीक्षाको माहोल बन्छ।

Ncell
Ncell

सरकार जमानी बसेर गराएको सम्झौता के हुन्छ भन्ने कुरा हामीले चितवन मेडिकल कलेजमा देखिसकेका छौं। सरकारको निर्देशन कति पालना हुन्छ भन्ने त सबै मेडिकल कलेजले देखाइरहेकै छन्।

यदि त्यसरी पैसा फिर्ता गराउन सक्दैन भने सरकारले अहिलेको नौटंकी बन्द गरेर घोषणा गरोस्- हामीलाई २० हजार मेडिकल विद्यार्थीको अधिकार, न्याय र भविष्यभन्दा अपराधी डन र माफियासितको सम्बन्ध प्यारो छ।

उनीहरूसामू हामी लाचार र निकम्मा छौं। जनप्रतिनिधिका रूपमा हामी नालायक छौं। जनताले हामीलाई चुनावमार्फत् दिएको सार्वभौमसत्ता हामीले माफियालाई बेचेर खाइसक्यौं। अब हामीलाई हाम्रो अकुत धनको रक्षाबाहेक बाँकी कुराको चिन्ता छैन।

अझै इमान्दार हुने हो भने सरकारले यो पनि घोषणा गरोस्- दुई तिहाइको ‘कम्युनिष्ट’ सरकारको देशलाई समाजवादतिर लैजाने रोडम्याप यही होः मुठ्ठीभर अपराधीहरुलाई देशका बाँकी नागरिकहरुको बेरोकटोक दोहन गर्न दिने। तिनै अपराधीहरुसित कमिसन लिएर आफू धनी बन्ने। तिनकै नुन खाने, तिनकै खर्चमा उपचार गराउने।

माफियाहरूसितको आत्मसमर्पण पत्रमा सरकारले यो पनि लेखोस्- स्वास्थ्य क्षेत्रमा व्यापार हाम्रो प्राथमिकता हो, जनताको स्वास्थ्य र सेवा हाम्रो चासो र चिन्ताको विषय नै होइन। अस्वस्थ मानिसले विरोधको आवाज उठाउन सक्दैनन्। अशिक्षित विवश भएर कठिन कामका लागि मरूभूमि पुग्छन्। देशमा अमनचैन हुन्छ।

यदि यस्तो इमान्दारी देखाउने आँट छैन भने सरकारले अहिलेकै पाखण्डपन दोहोर्‍याइरहोस् तर हामी विद्यार्थी पछि हट्ने छैनौं। अब विद्यार्थीको आन्दोलन डाक्टर केसीको आन्दोलनसित एकाकार हुन्छ। सरकारले ख्याल गरोस्- सबै जनालाई सधैंभरि मुर्ख बनाउन सकिँदैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १२:४६
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

विचार

समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर?
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?
'ब्यालेट विद्रोह' का ६ सन्देश
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
जाने होइन त टीकापुर!
शासकका बाटामा काँडा बिछ्याउने कि फूल?
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP