अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पक्ष्याएको नेपाल ४९ रनमा अल आउट भएको छ। जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालले आज अहिलेसम्मकै खराब प्रदर्शन गर्यो। बलियो टिम अफगानिस्तान विरुद्ध २६ ओभर टिकेको नेपालले सबै विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि पवन सरार्फले सर्वाधिक २६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
९ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि १२ रनमा दोस्रो विकेट गुमायोर। नेपालले स्कोर १९ रन हुँदा ६ विकेट खेर गइसकेको नेपालका लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।
सन्दिप सुनुवार दुई रनमा आउट हुँदा आसिफ शेख ६ र आदिल खान र दिपेन्द्रसिंह ऐरी समान चार चार रनमा पेभेलियन फर्किए । प्रनित थापामगर र अनिल शाहले खाता खोल्न पाएनन्।
त्यसपछि नेपालको थप दश रन जोड्दा सातौ विकेट गुमायो । १२ बल खेलेका रोहित कुमार खाता खोल्न नपाउँदै पेभेलियन फर्किए । लगत्तै सन्दिप लामिछाने पनि खाता खोल्न नपाउदै पेभेलियन फर्किदा नेपालले २९ रनमा आठ विकेट गुमायो।
२२ औं ओभरको चौथो बलमा साहब आलमलाई १ रनमा गुमाएको नेपालले २६औं ओभरको अन्तिम बलमा पवनलाई गुमाएको हो।
अफगानिस्तानका लागि नविन उलहक र मुजिब जर्दानले समान ४-४ विकेट लिए। उलहकले ह्याट्रिक विकेट समेत लिएका थिए।