मोरङको पथरी शनिश्चरे वडा नं. ६ मा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेद्वार जय बहादुर तामाङले कांग्रेसलाई मात्र होइन एमाले र माओवादीका उम्मेद्वारलाई समेत पछि पारे।
पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ मा कांग्रेसका नेता बद्री निरौला महासमिति सदस्य रन्जन थापा, पूर्व महाधिबेशन प्रतिनिधि किरण थापा, पूर्व जिल्ला सदस्य र यदु बिष्ट, पूर्व पार्टी सचिवहरूसमेत रहेको नेपाली कांग्रेसको बलियो वडा मानिएको ६ नम्बरमा गाउँलेको दु:ख सुखमा साथ दिएका जय बहादुर तामाङलाई जनताले जिताए।
तामाङलाई नेपाली कांग्रेसले टिकट नदिएपछि स्थानीयले नै उनलाई स्वतन्त्रबाट उठाएका थिए। ‘म कांग्रेसी हुँ, काङग्रेसबाहेक अरू पार्टीमा जानै सक्दिनँ, पार्टीले टिकट नदिएपछि जनताले मलाई चुनाव लडाएका हुन्,’ तामाङले विजयी सभामा भने।
विजय जुलुसमा जयलाई पैसाको माला लगाईदिनेको घुँईचो थियो। ज-जसले उनलाई पैसाको माला गाईदिए उनीहरुलाई धन्यवाद दिँदै गाउँका असाहय र गरिबलाई त्यो पैसाको माला तामाङ आफैंले बाढिदिए। ‘यस्तो उदार भावको जयले हार्ने चान्स नै थिएन हामीले पार्टी हैन राम्रो मान्छेलाई जितायौ,’ जित पछि खुसी ब्यक्त गर्दै एक समर्थक भने।
तामाङलाई वडामा भगवान मान्ने धेरै छन्। जहाँ बाटो छैन, बिजुली बत्ती झैन, ज-जस्ले पढ्न पाएका छैनन्, गाउँमा कोहि बिरामी परे, सामाजिक काम गर्नु पर्यो भने त्यहाँ जय बहादुर तामाङ नभई हुँदैन।
उनको चुनावी गीतको नारा छ -जय बहादुरले जेतेको ठाउँमा विद्युत लाईन पुग्नेछ गाउँ गाउँमा, कृषकले मल बीउ पाउनेछन् कुलो पैनी जयले ल्याउने छन्।’
‘वडाका समस्या र त्यसका समाधानका बारेमा मलाई राम्रो ज्ञान छ म अहिले यो गर्छु त्यो गर्छु भन्दिनँ गरेपछि तपाईहरूले आफैं थाहा पाउनुहुनेछ,’ उनले भने।
‘सरकारको भरमा होइन यहाँका जनताको मनमा गएर काम गर्ने छु सरकारले गरोस या नगरोस तर म यो वडालाई झिलीमिली बनाउने छु र नमुना बनाएर देखाउँछु,’ उनले भने।