त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपति लगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै उपकुलपति प्राध्यापक तिर्थ खनियासहित सवै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दल जानकारी दिए।
शुकबार बिहान ९ देखि ५ बजेसम्म प्रवेश निषेध गरेर दबाब दिने र अझै पनि त्रिविले माग पुरा गर्ने बारे सुनुवाइ नगरे भोलिदेखि कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए। वर्षौदेखि प्राध्यापन गराईरहेका आंशिक प्राध्यापकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक शोषण गरिरहेको र समस्या समाधानका लागि प्रभावकारी अग्रसरता नलिएकाले आन्दोलन गर्नुपरेको महासचिव चन्दले जानकारी दिए।