मोरङको पथरी शनिश्चरे नगरपालिकामा हिजो साँझदेखि स्थगित मतगणना सुरू भएको छ। करिब २० घण्टापछिबाट सुरू भएको मतगणनामा नेकपा एमालेका मात्र प्रतिनिध सहभागी भएको निर्वाचन अधिकृत चेतकुमार पोखरेलले जानकारी दिए।
अहिले सम्म वडा नं. १, २, ३, ४, ९ र १० को मतगणना भइसकेको निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए।
वडा नं. ९ को मत गणनामा अनियमितता भएको भन्दै पार्टी प्रतिनिधिले मतगणनास्थल छोडेर गएपछि मतगणना स्थगित भएको थियो। एमालेबाहेक अन्य पार्टीले ९ नम्बर वार्डको गणनाको परिणाम नमानेपछि विवाद उठेको थियो।
यसैबीच निर्वाचन परिणाम बहिष्कार गरेका नेपाली कांग्रेस, माओवादी, राप्रपासहितका दलहरू आन्दोलित भएका छन्।
एमाले बाहेक अन्य राजनीतिक दलका नेताले मतगणना बहिस्कार गरेर मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन्। उनीहरूले टायर बालेर प्रदर्शनसमेत गरेका छन्।
पत्रकार महासंघ मोरङका पूर्व अध्यक्षसमेत रहेका नेकपा एमालेका ५ नं. का वडा अध्यक्षका उमेद्घार महेन्द्र बिष्टलाई भित्र पस्न दिएको र अन्य पार्टीका नेतालाई नदिएको भन्दै नाराबाजी भएको हो।
एमालेलाई सहज र अन्य पार्टीलाई प्रवेस निषेध गरेको भन्दै निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताएक छन्।
हालै बसेको सर्वदलीय बैठकमा पनि प्रमुख निर्वाचन आयुक्त पोखरेलले ९ नम्बर वडामा पुन गणना नहुने भन्दै अडान राखेका छन्।